eNepal

मेल्बर्न बन्यो विश्वकै सबै भन्दा लामो लकडाउन हुने शहर

अर्जेन्टीनाको राजधानी ब्युनोस एरिजको मार्च २० देखि ११ नोभेम्बर २०२० सम्म गरिएको २३४ दिने लकडाउनको रेकर्डलाई तोड्दै अस्ट्रेलीयाको मेल्बर्न विश्वकै सबै भन्दा लामो लकडाउन हुने शहर बनेको छ।

६ पटकको लकडाउन सँगै मेलबर्न राज्य २४६ दिने लकडाउनको अबस्थामा छ।

पहिलो लकडाउन मार्च ३० देखि मे १२, २०२० मा भएको थियो जुन ४३ दिनको थियो। दोश्रो लकडाउन जुलाई ८ देखि अक्टोबर २, २०२० सम्म भएको थियो जुन १११ दिनको थियो। त्यस्तो तेस्रो लकडाउन फेब्रुअरी १२ देखी १७ फेब्रुअरी १७, २०२१ को थियो जुन ५ दिनको थियो। चौथो लकडाउन मे २७ देखी जून १०, २०२१ सम्मको थियो जुन १४ दिनको लकडाउन थियो।

पाँचौ लकडाउन जुलाई १५ देखी २७ जुलाई २०२१ सम्म भएको थियो जुन १२ दिनको लकडाउन थियो। छैटौ लकडाउन अगस्ट ५ बाट शुरु भएको थियो र यो लकडाउन अक्टोबर २, २०२१ सम्म जान सक्ने भनिएको छ जुन ८२ दिनको हुनेछ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा ६० वर्ष कटेका एक पुरुष र एक महिला रहेको बताइएको छ भने ७० वर्ष माथिकी एक वृद्धा एवम् ८० वर्ष उमेर समुहका एक वृद्ध पनि रहेका छन्।

भिक्टोरियामा गएको २४ घण्टामा ५०,००७ कोभिड १९ को खोप दिईएको छ।

भिक्टोरियामा हालसम्म १६ वर्ष माथिका ८२.३ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ५२.६२ प्रतिशत भिक्टोरियनले दोस्रो खोपको मात्रा लगाई सकेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal