eNepal

एनआरएनए अस्ट्रेलीया एक्सिलेन्सी अवार्ड बितरण कार्यक्रम सम्पन्न, को कसले पाए त अवार्ड

एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्यको एक अवार्ड बितरण कार्यक्रम शनिबार एक बिशेष कार्यक्रमका बिच सम्पन्न भएको छ। कोरोना महामारीको कारण अस्ट्रेलीयाका सिड्नी, मेल्बर्न लगाएतका राज्य हाल लकडाउनको अवस्थामा रहेकोले यो अवार्ड समारोह भर्चुअल माध्यमबाट गरिएको थियो।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अस्ट्रेलीयाको नेपाली समूदायमा महत्वपूर्ण योगदान, उत्कृष्ट प्रदर्शन वा असाधारण उपलब्धिहरु हाँसील गर्ने व्यक्ति बिशेष, समुदाए र संगठनहरुलाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको एनआरएनए अस्ट्रेलीया एक्सिलेन्सी अवार्ड एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सम्मेलनको अबसर पारेर प्रदान गर्दै आएको छ।

एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारण सभाको अवसर पारेर शनिबार अवार्डबाट सम्मानित हुनेहरु यस प्रकार हुनुहुन्छ।

एनआरएन अष्ट्रेलिया नेश्नल एक्सेलेन्स अवार्ड: अधिवक्ता डाक्टर शमशेर सिंह थापा

एनआरएन अष्ट्रेलिया वर्ष पत्रकारः नेपाली टाइम्स अष्ट्रेलियाका सुजित सिग्देल

हेचएसइतर्फ उत्कृष्ट छात्रा:  विशिका घिमिरे

स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी) : इस्कोन ज्ञवाली 

स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्षभन्दा माथी):  सञ्जिव खड्का

एनआरएनए अष्ट्रेलिया युथ एक्सीलेन्स अवार्ड: अन्जना पन्त बराल 

फ्रेण्डस् अफ नेपाल अवार्डः ग्रेमी केन्ट (ग्रेमी बाजे) र काठमाडौं किड्स

विजनेस एक्सीलेन्स अवार्ड: दिवस कार्की

स्टेट पर्सन अवार्ड: हरिभक्त अधिकारी, आशिष सापकोटा र सुयाना श्रेष्ठ

वुमन एक्सीलेन्सी अवार्ड: दिपा राई नेपाली

नेपलिज कल्चरल एम्बास्डर अफ द इयर: मित्र गुरुङ्ग 

कम्युनिटी सर्भिस अवार्ड: निराजन गौली

एनआरएनए प्रेसिडेण्ड अवार्ड: 

(डिइसीएमटीबाट)

डा. भरतराज पौडेल 

डा. रामकृष्ण निरौला

डा. राजु अधिकारी

बन्दीता मैनाली

अन्यमा 

किरण अधिकारी

लक्ष्मण श्रेष्ठ

प्रेमजंग थापा

प्रेरणा मल्ल

रजिश अर्याल

रोशन शेर्पा

यति फुटबल क्लव

युवराज कँडेल

एआरएन प्रेसिडेन्टस् स्पेशल रिकग्नाइजेश अवार्ड: 

अष्ट्रेलियन नेपलिज कन्सल्टेन्स एशोसिएसन (एका)

अस पाली र भिजन फर मोटीभेसन (भीएफएम)

इन्फीनाइट एबिलिटी

प्रेम गुरुङ 

संजीता न्यौपाने बस्ताकोटी

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal