भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १२२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७१ हजार २ सय ७५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ७ सय ८५ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १२ लाख ४१ हजार ६ सय ५० कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २७ हजार २ सय ९२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार २ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३६ लाख ४१ हजार १ सय ६४ पुगेको छ ।

