भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६५ हजार ४ सय ९७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार १८ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १० लाख ४२ हजार ४६ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २५ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ३ सय २३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३५ लाख ३२ हजार ४ सय ९७ पुगेको छ ।

