eNepal

स्क्यामरहरुबाट कसरी बच्ने अस्ट्रेलीयामा

अष्ट्रेलियामा विभिन्न किसिमका स्क्याम कल (मानिसलाई ठग्नका लागि गरिने फोन) को सामना गरिरहेका हुन्छौ। यहाँ बस्ने नेपालीहरु पनि त्यस्ता झुक्याउने फोन कलबाट पीडित छन्।

कर बिभाग,बैंक, इन्सुरेन्स कम्पनीको नाम गरेर त्यस्ता कलहरु आउँछन्। कल मात्र होइन इमेल, टेक्स्ट म्यासेज पनि आउँछन्। यस्ता कलहरुको मुख्य उद्देश्य मानिसलाई झुक्याएर पैसा ठग्नु हो। त्यस्तै कुनै बस्तु वा सेवा बेच्ने प्रयासमा पनि यस्ता कल गर्ने गरिएको प्रसस्तै पाइन्छ। त्यस्ता ठगहरुले मानिसका ब्यक्तिगत जानकारी, बैंकसम्बन्धी जानकारी लिने प्रयास गर्छन्।

केहि स्क्यामरहरु झुटो रुपमा आफुलाई संघीय एजेन्टको रूपमा पहिचान गराउँछन्। उनीहरुले बैंक खातासंग जोडिएको शंकास्पद गतिविधि पहिचान गरीएको बताउँछन्।आफ्नो व्यक्तिगत विवरण, मेडिकेयर नम्बर, ठेगाना र बैंक विवरण दिन आग्रह गर्छन् । त्यस्ता स्क्यामरहरुले पीडितलाई खातामा पैसा जम्मा गर्न आग्रह गर्छन्। त्यस्ता स्क्यामरहरुले ईमेल र सोशल मिडिया प्रयोग गरी नक्कली गिरफ्तारी वारेण्टका साथ मानिसहरुलाई ठग्न लक्षित गरीरहेका हुन्छन्। केहि स्क्यामरहरुले त पैसा हस्तान्तरण गर्न को लागी सार्वजनिक ठाउँमा भेट्नको समेत आग्रह गर्छन।

तपाइँलाई स्क्यामर वा धम्कीवाला फोन कल आयो भने सावधान रहनुहोस्।

यदि तपाइँलाई अपिरिचित ठाउँबाट फोन आयो भने त्यो स्क्यामर पनि हुनसक्छ त्यस्ता कल तुरुन्तै अन्त्य गर्नुहोस्। उनीहरुले फोन गरेको नम्बरमा कल फिर्ता कदापी नगर्नुहोस्।

एएफपी लगाएत अन्य सरकारी निकाएले तपाइँलाई नगद, क्रिप्टो मुद्रा जस्तै बिटकोइन, आईट्यून्स वा गुगल प्ले जस्ता उपहार कार्ड संग जरिवाना तिर्न कहिल्यै सोध्दैनन् र तपाइँलाई कहिल्यै पनि बैंक खाताबाट पैसा हस्तान्तरण गर्न सोध्दैनन्।

यी आधीकारिक निकाएहरुले ईमेल वा सामाजिक सञ्जालको माध्यमबाट तपाइँलाई गिरफ्तार गर्नको लागी धम्की लगाएत पैसा फिर्ता लिने वा तपाइँलाई फोनमा व्यक्तिगत विवरणको पुष्टि गर्नको लागी सोध्नको लागी सम्पर्क पनि गर्दैनन्।

स्क्यामरबाट बच्ने केही तरिकाहरू यहाँ दिइएको छ:

तपाईंले तिर्नु नपर्ने रकम तिराउनु (तपाईंको ट्याक्स फाइल नम्बर जस्ता) व्यक्तिगत जानकारी अरूलाई कहिल्यै नदिनु होला।

आफ्नो सिभीमा आफ्नो कर फाइल संख्या (TFN) उल्लेख नगर्नुहोस् । काम सुरु गरेपछि रोजगारदातालाई मात्र TFN दिनुहोस् ।आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई आफ्नो TFN प्रयोग गर्न नदिनुहोस् ।

आफ्नो अनलाइन पासवर्ड कसैसँग आदान प्रदान नगर्नुहोस् ।इमेलमा आफ्नो TFN, पासवर्ड वा अन्य संवेदनशील जानकारी समावेश नगर्नुहोस् ।तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने पञ्जीकृत एजेन्टबाट मात्र सेवा लिनुहोस् ।

अष्ट्रेलिया सरकारको स्क्याम् वाचको अगस्ट महिनाको तथ्याङ्क अनुसार $२६,५०७,०७६ स्क्याम घाटा भएको छ भने ४० हजार ८ सय ९१ सक्यामको घटना दर्ता भएका छन्। यो सँगै ६.२ प्रतिशत आर्थिक घाटा भएको छ।

तपाईंलाई कर वा सुपरसम्बन्धी सहयोग चाहिन्छ भने निम्न टेलिफोन नम्बरमा सम्पर्क गर्नु सक्नु हुन्छ।

13 28 61 – व्यक्तिगत प्रश्नका लागि

13 28 66 – व्यवसायिक प्रश्नका लागि

13 10 20 – सुपरसम्बन्धी प्रश्नका लागि

तपाईं अंग्रेजी बाहेक आफ्नो मात्रृ भाषा प्रयोग गरेर  Translating and Interpreting Service को उपयोग गर्न चाहानुहुन्छ भने 13 14 50 मा सम्पर्क गरी दोभाषे सेवा लिन पनि सक्नुहुन्छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal