eNepal

बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक अनावरण

बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ।

बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी, नेपाली राजदूतावास लण्डनका उपनियोग  प्रमुख रोशन खनाल र भिसी कुलवीर थापाका नाति सूर्य थापाले संयुक्त रुपमा शालिकको अनावरण गरेका थिए ।

कार्यक्रममा बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी, नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल, भिसी कुलवीर थापाका नाति सूर्य थापा, लेफ्टिनेण्ट जनरल पिटर डफेल, रशमोरका मेयर काउन्सिलर ब्रुस थोमस, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, क्याबिनेट लिडर डेविड क्लिफोर्ड लगायत बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरु,शालिक निर्माणमा योगदान गरेका सम्पूर्ण व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बेलायती विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेका थिए भने भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरियो ।

शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाए, त्यसपछि अन्य सर्वसाधारणले पनि फूल चढाएका थिए ।

भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरु सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भएका थिए । नेपाली र बेलायती परम्पराअनुसारका दुवै बाजागाजाहरुले विशेष रौनक थपेको सो अनावरण कार्यक्रमको पहिलो चरण सकिएसँगै एम्पायर हलमा दोसो चरणको कार्यक्रम गरी बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

बेलायतमा देशको इतिहासमै सबैभन्दा ठूलो अभियानको रुपमा अल्डरसटस्थित प्रिन्सेस पार्कमा १५६ संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा १ लाख ८५ हजार पाउण्ड अर्थात करिब ३ करोड नेपाली रुपैया लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।

कांस्यको प्रयोग गरी निर्माण गरिएको उक्त शालिकमा पहिलो विश्व युद्धको क्रममा एक घाइते सैनिकलाई युद्धको मैदानमा बोक्दै भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोरखा प्राप्त कुलबीर थापा मगरलाई चित्रण गरिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal