eNepal

कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुल्ला, क्वारेन्टाइन बस्ने नपर्ने

नेपाल सरकारले कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुल्ला गरेको छ।

सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ जारी गर्दै अनअराइभल भिसा सम्बन्धि जानकारी दिएको हो ।

यस्तै हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले अनुमतिको प्रतिलिपि र होटल बुक गरेको प्रमाण पनि देखाउनुपर्नेछ ।

यस्तै नेपाल आउने नागरिकको विमास्थलमा एन्टिजेन परीक्षण हुने र पोजेटिभ देखिएमा आइसोलेशनमा जानुपर्नेछ । पीसीआर नेगेटिभ रिपोर्ट, विमानस्थलमा एन्टिजेन जाँचमा नेगेटिभ देखिएको र पूर्ण मात्रा खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

https://drive.google.com/file/d/1VrtlFoR6_gyjmr3IUQzRuooadMq3450m/view?usp=drivesdk

खोपको पूरा मात्रा नलगाएका पर्यटकको हकमा भने कम्तीमा १० दिन होटल क्वारेन्टाइनमा यथावत् राखिएको छ । उनीहरूले ११ औँ दिनमा पीसीआर जाँच गर्ने र नेगेटिभ रिपोर्ट आएमा मात्रै घुम्ने गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी भएसंगै नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।

अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ । सरकारले ०७६ चैतदेखि विदेशीलाई अनअराइभल भिसा बन्द गरेको थियो

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal