बिगतका ३ वटै रेनेगेड्स च्याम्पियन्स लिगमा भाग लिइ सकेको टिम नेपाल यो बर्षको च्याम्पियन्स लिगमा पनि भाग लिने भएको छ।
भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेपालबाट सहभागीता हुने यो लिग टी २० ढाँचाको हुनेछ भने प्रत्येक देशबाट १५ जनाको छनोट गरिने छ।
प्रतियोगिताको उद्देश्य दक्षिण एसियाली क्रिकेटरहरुको संख्या बढाउनुका साथै मनोरन्जनका लागि खेल्ने क्रिकेटरहरुलाई अष्ट्रेलियामा पेशेवर क्रिकेटरको रुपमा अवसर दिदै भिक्टोरियामा बस्ने प्रतिभाशाली दक्षिण एसियाली खेलाडीहरु र म्याच अफिसियल बिच खेल खेलाउने लक्ष्य रहेको छ।
मेलबर्न रेनेगेड्सका महाप्रबन्धक जेम्स रोसेनगार्टनका अनुसार मेलबर्न रेनेगेड्स च्याम्पियन्स लिग आउदो समरमा सन्चालन हुनेछ। यस लिगले क्रिकेटप्रेमी सबैलाई एक साथ ल्याउन र क्रिकेटको माध्यमबाट बहुसांस्कृतिक समुदाएलाई एकजुट गर्नमा मद्दत गर्दछ।
यस पटक ट्रक असिस्टले च्याम्पियन्स लीगको लागी मेलबोर्न रेनेगेड्ससंग साझेदारी गरेको छ। अष्ट्रेलियाको अग्रणी लाइट ट्रक रोडसाइड प्रदायक र बीमाकर्ताको रूप ट्रक असिस्ट चिरपरिचित रहेको छ।
यस लिगमा सहभागीता जनाउन खेलाडीहरु भिक्टोरियामा बसेको हुनु पर्नेछ र सेप्टेम्बर १, २०२१ मा कम्तिमा १६ बर्षको उमेर पुगेको हुनु पर्छ।
नेपाल यस भन्दा अगाडी दुई चोटि सेमिफाइनलमा पुगी सकेको छ। यो बर्ष अझै परिष्कृत रुपमा च्याम्पियन लिगको आयोजना हुँदैछ।Emerging Player Playing XI मा अनिबार्य राख्नु पर्ने भएकोले एकदमै राम्रो अबसर रहेको टिम नेपालको टिम व्यवस्थापक तारा गैरेले बताउनु भयो।उहाँले भन्नु भयो – “आफ्नो प्रतिभा देखाउनको लागि भिक्टोरियामा १६ देखी २० बर्ष सम्मका प्रतिभाशाली क्रिकेट खेलाडीको लागि राम्रो अवसर पनि हो।यो मौकालाई खेर जान नदिउँ।
To register please go to

