eNepal

न्याभद्वारा समुदायका ५० भन्दा बढि सदस्यहरूलाई कोरोना बिरुद्धको भ्याक्सिन लगाउन सफल

नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभले) एक महिना अगाडिदेखिको लामो कसरत र पर्खाई पछि समुदायका ५० भन्दा बढि सदस्यहरूले कोरोना बिरुद्धको भ्याक्सिन लगाउन सफल भएको छ। भिक्टोरिया राज्य सरकारको स्वास्थ्य बिभागसँग सम्पर्क गरि डिपीभी हेल्थको सहयोगमा हिँजो आईतबार १२ सेप्टेम्बरका दिन ब्रोडमिडोज भिक्टोरियामा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । 

सोही अवसरमा लामो कोभीड भनेको के हो र यसले कालान्तरमा मानबिय जिवनमा पार्न सक्ने असरको बारेमा जानकारी मुलक पर्चा (information flyers) पनि बितरण गरिएको छ । 

भिक्टोरिया राज्यको स्वास्थ्य बिभागको अनुरोधमा नेपालीमा अनुवादन गरिएको पर्चा त्यहाँ उपस्थित सबैलाई बितरण गरिएको थियो । साथै  कोभिड भ्याक्सिन सम्बन्धि जानकारी मुलक भिडीयो “मैले लगाएँ!! तपाईँले नि ? अब तपाईँको पालो है ?” शिर्षकको सानो भिडियो पनि प्रस्तुत गरिएको थियो । 

न्याभले कोभिड र कोभिडसँग सम्बन्धित बिभिन्न खाले कार्यक्रमहरू गर्दै आएको छ । कोभिड सम्बन्धीत जानकारीमुलक कार्यक्रम न्याभको पुरानो सञ्चार माध्याम मेलबर्न चौतारीले हरेक बिहिबार साँझ ९ बजेदेखि सञ्चालनमा ल्याएको छ । न्याभले बिशेषतः नेपाली समुदाएलाई भिक्टोरिया राज्य सरकारको स्वास्थ्य बिभागले दिएको जानकारीमुलक सुचनाहरू दिने प्रयास गर्दै आएको छ । आउँदो दिनहरूमा न्याभले अझ प्रभाबकारी कार्यक्रमहरू लिएर आउँने न्याभका अध्यक्ष राम गुरुङले बताउनु भयो । हामीले सकेसम्म सम्पुर्ण कम्युनिटीहरूको सहयोगमा अरू कार्यक्रमहरू पनि गरेर जाने प्रयास गरिरहेकाछौं । यहाँहरूको साथ सहयोगलेनै हामीलाई थप उर्जाँ मिलेको छ। 

न्याभले भिक्टोरिया राज्य सरकारको सहयोगमा बिभिन्न चेतनामुलक कार्यक्रमहरूका साथै अन्तररास्ट्रिय बिधार्थीहरुलाई लक्ष्क्षित गर्दै राहत सहयोगको कार्यक्रम पनि संचालन गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal