भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य १२१ लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ४२ हजार २ सय ५८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १६१९ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९७ लाख ९४ हजार १ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ७ सय २ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ९ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २६ लाख १० हजार ५ सय ६७ पुगेको छ ।

