eNepal

१६ बर्ष माथीका ६० प्रतिशत भिक्टोरीयनले कोरोना भाइरस बिरुद्धको पहिलो खोप लगाए

१६ बर्ष माथीका ६० प्रतिशत भिक्टोरीयनले कोरोना भाइरस बिरुद्धको पहिलो खोप लगाएका छन्।

भिक्टोरिया प्रिमियर ड्यानियल एन्ड्रयूज अनुसार ९१ प्रतिशत नयाँ संक्रमण ५० बर्ष मुनिकामा देखिएको छ। कुल मिलाएर २१६ केसहरु १० बर्ष मुनिका छन्, २३२ केसहरु  १०-१९ उमेरका छन्, ३४८ केस २० बर्षको उमेरका छन् भने २४५ जना ३० बर्षको उमेरका छन्।

त्यस्तै पाँच हप्ताको अवधिमा एक मिलियन जाब्स प्राप्त गर्ने लक्ष्य रहेको एन्ड्रयूजले बताएका छन्।

उनले भनेका छन् आउँदो हप्तामा क्षेत्रीय भिक्टोरियामा प्रतिबन्धमा थोरै सहजता हुने र एक पटक राज्यमा १६ बर्ष माथि उमेर समुहले ७० प्रतिशत खोप लगाउने लक्ष्य हासिल गरेपछि मेलबोर्नमा लकडाउन हटाइने छ।

यसैक्रममा भिक्टोरिया सरकार द्वारा कोरोनाभाइरसका कारण जोखिमको अवस्थामा रहेका समुदायलाई आर्थिक सहयोगका लागि २ करोड ७० लाख डलरको थप लगानी गर्ने घोषणा पनि गरेको छ।

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य १०१ केस लिङ्क केसहरु रहेका छन्।

सोहि अवधि भर ४८ हजार ४ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १४१७ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९७ लाख ४५ हजार ६ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार ६ सय ३५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ९ सय ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २५ लाख ८३ हजार ४ सय ९९ पुगेको छ ।

न्यु साउथ वेल्समा ८० प्रतिशतले खोप लगाए  ‘जीवन सहज हुने’ बताइएको छ। न्यु साउथ वेल्समा थप १,४८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। हाल एक हजार भन्दा बढी मानिसहरुको राज्यका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने १७५ जना सघन उपचारमा उपचार भइ रहेको छ। आजको पत्रकार सम्मेलनमा बोल्दै प्रिमियरले राज्यमा योग्य रहेका मानिसहरु मध्ये ८० प्रतिशतले कोरोनाभाइरस विरुद्ध खोप लगाएपछि पुरै राज्य भर लकडाउन कहिले नगरिने पनि बताएकी छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal