eNepal

अन्तराष्ट्रिए नेपाली युवा उद्यमी महासँघ अस्ट्रेलीया गठन, अध्यक्षमा दिकपाल देव पङ्गेनी

विश्वका विभिन्न रास्ट्रमा कार्यरत युवा उद्यमीहरुको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी विश्वका विभिन्न रास्ट्रमा कार्यरत युवा उद्यमीहरुको व्यवसायिक संजाल गठन गर्ने प्रयास अनुरुप अष्ट्रेलीया नेपाली युवा उद्यमी महासँघ गठन भएको छ।

व्यवसायिक सोच, विचार र विशेषज्ञताको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यका साथ गठन भएको सँघले बिश्वभरका युवा उद्यमीहरुलाई जोड्ने अभिप्रायका साथ गठीत सँघको अध्यक्षमा दिकपाल देव पङ्गेनी चुनीएका छन् भने उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचीवमा अनु रेग्मी, सह सचीवमा राज अधिकारी, कोषाध्यक्षमा शिव श्रेष्ठ रहेका छन्।त्यसै गरि कार्यकारी सदस्यहरुमा धर्म अधिकारी, कन्चन ठाकुर, कृष्ण सुबेदी, उमेश खड्का, बिरोध पाण्डे, सुजन अधिकारी, दिपेन्द्र पन्त र बासुदेव मरहट्टा रहेका छन्।

प्रबासलाई कर्मथलो बनाइ आ-आफ्नो क्षेत्रका दक्ष एवम् उत्साही युवाहरुलाई एउटै छानामुनि आबद्ध गराई विश्वभरि रहनुभएका नेपाली युवा ब्यवसायी साथीहरुबीच चिनजान, एकअर्का बीच ब्यवसायिक सोचहरूको आदानप्रदान, युवा साथीहरुलाई ब्यवसाय गर्ने हौसला र सहयोग प्रदान गर्नु यस सँघको मुख्य उद्देश्य रहेको अध्यक्ष दिकपाल देव पङ्गेनीले जानकारी गराउनु भयो।

सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्ष्यसहित स्थापित यो संघ डायस्पोरामा रहेका नेपाली युवाबीच विचार आदान–प्रदान गर्दै परदेशलाई स्वदेश र स्वदेशलाई परदेशसँग जोड्ने साँगु सावित हुने अपेक्षा गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal