eNepal

मिसन कर्णाली अन्तर्गत अष्ट्रेलियाबाट १५ वेडको कोभीड अस्पताल सहित अटो एम्बुलेन्स सहयोग

Let’s Help Nepal, Lets help “Mission Karnali” मुख्य नारा सहित AussieMed सँस्थाले अष्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसनसँगको (ANMDA)सहकार्यमा कर्णाली राज्यका कोभीड पिडीतहरुको सहयोगार्थ अस्ट्रेलीयामा मिसन कर्णाली अभियान सुरु  गरेको छ।

यहि अभियानलाई निरन्तरता दिदै AussieMed ले अष्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसन (ANMDA) सँगको सहकार्यमा पण्चपुरी १०, जामु, सर्खेतमा रहेको पण्चपुरी नगरपालीकाद्वारा सन्चालित नगर कोभीड अस्पताललाई अटो एम्बुलेन्स सहयोग गरेको छ भने सीमानामा १५ बेडको कोभीड १९ अस्पताल समेत संचालनमा ल्याएको छ।

हाल सो अस्पताल कोरोनाका लक्षण देखा परेका र क्वारेन्टाइनमा बस्न पर्ने व्यक्तिहरुको लागि प्रयोगमा रहेको छ।अटो एम्बुलेन्सले भने जटील केसहरुलाई ठुलो अस्पतालमा स्थानान्तरण गर्न को लागी प्रयोग गरीने छ। यो सुबिधा नेपालमा नै पहिलो पटक रहेको र १४ दिनको  क्वारेन्टाइनमा गरिने परीक्षण अस्ट्रेलियन सिद्धान्तमा आधारित रहेको AussieMed Foundation का अध्यक्ष एबम् Australasian Nepalese Medical and Dental Association (ANMDA) का महासचिव लगाएत यस प्रोजेक्टका कोअडीनेटर डा. कुश राज श्रेष्ठले जानकारी गराउनु भयो।

डा.श्रेष्ठले भन्नु भयो यो कार्यलाई आजको अवस्थामा पर्याउन हामीलाई १ बर्ष लाग्यो।यसको लागि हामीलाई अष्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसन (ANMDA) र स्थानीय कर्णाली सरकारको पूर्ण सहयोग रहेको छ।

सुदुर नेपाल कर्णाली प्रदेशका कोभीड पिडीतहरुलाई आर्थिक सहयोग गर्न कोष जुटाउने उदेश्यका साथ अष्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसन (ANMDA) र AussieMed ले नेपाली समुदाय र अन्य समुदायका प्रोफेसरहरू, डाक्टरहरू, नर्सहरू र अन्य व्यवसायीहरुसँग सहकार्य गर्दै कोष सङ्कलनको अभियानलाई निरन्तरता दिदै आएको छ।

कर्णाली अञ्चल नेपालको सबै भन्दा गरीब र दुर्गम क्षेत्र हो जुन सडक लगाएत अन्य स्रोत र साधनको पहुँचबाट टाढा रहेको छ भने कर्णालीका अस्पतालहरुमा कोभिड १९ सँग लड्न पर्याप्त मानव संसाधनहरु नभएको अवस्थामा प्रवासमा रहेका हामी डाक्टर, नर्स, प्रोफेसर लगाएत व्यबसायीहरुबाट थोरै भएपनि बिपन्न र दुरदराजमा रहेका मानिसहरुलाई सहयोग गरौ भन्ने हेतुले यो कार्यको थालनी गरिएको डा. श्रेष्ठले बताउनु भयो।यो मात्र शुभारम्भ हो र यसलाई आगामी दिनमा अझ बढी प्रभावकारी ढङ्गबाट लैजान थप सहयोगी साझेदारीहरुको आवस्यक्ता रहेकोले यो अभियानमा जोडीन आग्रह समेत गर्नु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal