eNepal

नेपाली सोसाइटी अफ तास्मानीयाको तीज कार्यक्रमको तयारी यस्तो छ

नेपालीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अस्ट्रेलीयाको तास्मानीयामा यो बर्ष तीजको छुट्टै रौनक देखिएको छ।  हिन्दु महिलाहरुको महान चाडका रुपमा चीरपरिचित ‘तीज’ भव्यताका साथ मनाउन नेपाली सोसाइटी अफ तास्मानीयाले आवश्यक तयारी पनि शुरु गरीसकेको छ।

तीज कार्यक्रम 57-63 Macquarie street , Hobart स्थित सिटी हलमा यही आउदो सेप्टेम्बर ४ तारिख (शनिवार)का दिन  मनाउने गरी आवश्यक तयारी थालिएको छ।धार्मिक,साँस्कृतिक,परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धनमा एकताको संदेश दिदै हर्षोल्लासका साथ चाड मनाउन नेपाली सोसाइटी अफ तास्मानीयाले यसपाली डिजे सहितको साँस्कृतीक कार्यक्रम आयोजना गर्दैछ। 

कार्यक्रमलाई प्रभाकारी र उल्लासमय बनाउन नेपालीपन झल्कने मिष्ठान्न परिकारहरुसहित दर खाने कार्यक्रम, विभीन्न आकर्षक खेलहरु, राफल टिकट लगाएत अन्य मनोरन्जनात्मक कार्यक्रम राखिएको छ।राफल टिकट बापत प्रति ब्यक्ति १५ डलर सहयोग शुल्क तोकिएको छ भने कार्यक्रमबाट उठेको सहयोग रकमबाट नेपालको सिन्धुपाल्चोक जिल्लाको विपन्न क्षेत्रहरुका महिलाहरुलाई सेनेटरी प्याड वितरण गर्ने सोसाइटीका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी गराउनु भयो।

तास्मानीयामा व्यापार व्यबसाय गर्ने महिला दिदीबहिनीहरुले यस कार्यक्रममा आफ्नो व्यापार र व्यबसायका स्टल राखेर आफ्नो प्रचार गर्न सकिने व्यबस्था गरिएको र यसको लागि आवश्यक तयारीमा जुट्न सोसाइटीका अध्यक्ष सत्यालले तास्मानीयाको नेपाली समुदाएलाई आग्रह गर्नु भएको छ।

कार्यक्रम मनाउदा धर्म, सँस्कृति, परम्परा, रितिरिवाजलाई केन्द्रमा राखेर देश,काल र परिस्थिति अनुसार उपलब्ध श्रोत साधनहरुको भरपुर उपयोग गर्दै नेपालीहरु बिचको आत्मीय भातृत्वलाई एकताबद्ध र सुमधुर बनाउन कार्यक्रम कोषेढुंगा सावित हुने  अध्यक्ष सत्यालको विश्वास छ।

अस्ट्रेलीयाका सिड्नी, मेल्बर्न लगाएत अन्य राज्यहरुमा कोरोना कहर र लकडाउनका कारण परिवार र कोठामा सिमित रहेको यस बर्षको तीज तास्मानीयामा भने केही सुधारको अवस्थाका कारण सामुहिक रुपमा मनाउने तयारी गरिएको छ।यद्यपि सरकारले निर्धारण गरेका कोभीड प्रतिबन्ध भने पालना गर्नु पर्ने हुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal