eNepal

अस्ट्रेलियामा एकै साता तीन नेपालीको दुखद निधन

अस्ट्रेलियाको नेपाली समुदाएले यो हप्ता तीन नेपालीहरुलाई गुमाउन परेको छ।उच्च शिक्षा अध्ययन गर्ने शिलशिलामा अस्ट्रेलियाको बिभीन्न राज्यमा आएका नेपाली बिधार्थीहरुको बिभीन्न कारणले दुखद निधन भएको गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलीयाका वर्तमान अध्यक्ष नन्द गुरुङले फेशबुक मार्फत जानकारी गराएका छन्।

https://www.facebook.com/1048458868/posts/10223822961895833/?d=n

अध्यक्ष गुरुङले समवेदना व्यक्त गर्दै भनेका छन् शनिबार २१ अगस्ट मेरो लागि अव्स्मरणिय दिन रह्यो। एनआरएनए अस्ट्रेलीयाको अध्यक्ष पदमा सपथ ग्रहण गरेकै दिन हामीले तीन कलिला नेपाली युवाहरुलाई गुमाउन परेको समाचार सुन्दा आफु दुखिद भएको छु। तीन दिवंगत युवा आत्माहरुको परिवार र साथीहरु प्रति हार्दिक संवेदना प्रकट गर्नु भएको छ।

मृत्यु हुनेहरुमा सिड्नीकी रश्मि लेखक, पर्थका सम्राट तामाङ र रिजनल न्युसाउथवेल्सबाट अर्की एक नेपाली बिधार्थी रहेकी छिन्।

रामेछाप स्थायी घर भएका तामाङ्को शनिबार पर्थकै एक अस्पतालमा निधन भएको हो । बिगत केही समय देखी रोयल पर्थ अस्पतालमा अचेत अबस्थामा भई भेन्टीलिएटरमा उपचार गराईरहेका तामाङको दुखद निधन भएको हो। त्यस्तै लिभर क्यान्सरले पिडित रश्मि लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार निधन भएको थियो भने रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युवतीको शनिबार राती निधन भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal