eNepal

छोरीहरुको जन्मदिन पारेर मेलवर्नका सुशील चालिसेको परिवारद्वारा भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग

भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग गरेका छन् । ७ वर्षिया छोरी शायना चालिसे र ४ वर्षिया छोरी समिका चालिसेको एकैदिन परेको जन्मदिनको अवसर पारेर उनीहरुले सेवा घरलाई आर्थिक सहयोग गरेका हुन् ।

बुधवार हजुरबुबा सूर्यप्रसाद चालिसे र हजुरआमा अम्बिका चालिसेमार्फत सेवा घरलाई पच्चीस हजार रुपैया सहयोग प्राप्त भएको सेवा घरले जनाएको छ । मानवीय सेवालाई महत्व दिएर गरिएको सहयोगले समाजलाई सकारात्मक उर्जा दिने सेवा घरका संचालकले बिश्वास व्यक्त गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घर करिब साठी जना घरबारबिहीन जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको आश्रय स्थलको रुपमा रहेको छ । नेपालीहरू मात्रको साथ, सहयोग अनि सहभागीता(मुठ्ठीदान)बाट सेवा घर संञ्चालनमा रहेको मानव कल्याण समाज(सेवा घर) ले बताएको छ ।

चालिसे दम्पतीले आफ्ना छोरीहरुको प्रत्येक जन्मोत्सवमा कुनै न कुनै सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । गत साल उनीहरुले कलाकारद्वय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)द्वारा संचालित सामाजिक सस्था धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४३ हजार ३ सय ५७ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

चालिसे दम्पतीले यस अघि राधा पौडेल आबद्ध संस्था एक्सन वर्क नेपाल,दिक्षा चापागाईं आबद्ध पबित्र समाज नेपाल, नायिका स्वेता खड्काले सन्चालन गरेको स्वेता श्री फाउण्डेशन र गौतम लामिछाने एवं पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था विरुवा नेपाललाई आर्थिक सहयोग गरी सामाजिक सेवामा जोडिएका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal