eNepal

गुल्मी समाज भिक्टोरीयाले अनलाइन तीज प्रतियोगिता गर्दै, पहिलो हुनेलाई ७५० डलर नगद पुरस्कार

हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अस्ट्रेलीयाका मेल्बर्न राज्यमा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएला कि भनेर बिभीन्न स्थानिय नेपाली सँस्थाहरुले तीजका कार्यक्रमहरु आयोजना गर्ने घोषणा गरेका थिए। तर कोभीड १९ को अर्को भेरीयन्ट देखा परेसँग मेल्बर्न पुनः छैटौ चरणको लकडाउनमा छ भने हिजोबाट रातको ९ बजे बाट बिहान ५ बजे सम्म कर्फ्यु लगाइएको छ। पछिल्लो घटनाक्रमसँगै घोषणा गरिएका तीजका कार्यक्रमहरु पनि धमाधम रद्द हुन थालेको छ।

यहि बद्लिदो परिस्थितीलाई मध्यनजर लगाउँदै गुल्मी समाज भिक्टोरीयाले यो बर्ष पनि गएको बर्ष जस्तै अनलाइन तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।आकर्षक नगद पुरस्कार सहित चेलीबेटीहरुलाई तीजको कोशेलीको साथमा गर्न लागिएको यस प्रतियोगीतामा प्रथम हुनेले नगद ७५० डलर, द्वितीए हुनेले ५०० डलर र तृतीए हुनेले २५० डलर प्राप्त गर्ने छन्। त्यस्तै नेपालबाट सहभागीता जनाउने दिदीबहिनीहरुको लागि प्रथम हुनेलाई १०००० रुपयाँ, द्वितीए हुनेलाई ७००० रुपयाँ र तृतीय हुनेलाई ५००० रुपयाँको ब्यबस्था गरिएको छ।

अस्ट्रेलीयाबाट सहभागीता जनाउने सबै दिदीबहिनीहरुलाई गुल्मी समाज भिक्टोरीयाले तीजको कोशेली स्वरुप २५ डलर बराबरको गिफ्ट पनि दिने समाजका अध्यक्ष गान्धी प्रसाद भट्टराईले बताउनु भएको छ।

कसरी सहभागी हुने?

सहभागीता जनाउनको लागि तपाईहरुले रजिस्ट्रेसन गरेर तीज बिशेष गीतमा गरिएको नृत्यको भिडीयो पठाउन पर्नेछ।भिडीयो २१ अगस्ट देखी ११ सेप्टेम्बर भित्र पठाइ सक्नु पर्नेछ।भिडीयो गुल्मी समाजको आधिकारीक पेजबाट सेयर हुनेछ भने पहिला जस्को भिडीयो आउँछ त्यसलाई पहिलो प्राथमिकतामा राखेर अपलोड गरिनेछ। फेशबुक लाइक र सेयरको आधारमै ५० प्रतिसत, इन्स्टाग्रामको २५ प्रतिसत र युट्युवको भ्युबाट २५ प्रतिसत जोडेर अन्तिम नतिजा १२ सेप्टेम्बरमा गुल्मी समाज भिक्टोरीया र इनेपाल टिभी एचडीको अफिसीयल पेज मार्फत प्रकासित गरिने छ।

यस प्रतियोगितालाई ओल्ड दरबार रेस्टुरेन्टले मुख्य प्रायोजन गरेको छ भने अन्य दर्जनौ व्यापार व्यबसायहरुले सह प्रायोजन गरेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal