eNepal

नेपाली सोसाइटी अफ तास्मानियाले दुई चरणमा रक्तदानको कार्यक्रम आयोजना गर्दै

अस्ट्रेलीयाको तास्मानिया राज्यमा सक्रीय नेपाली सँस्था नेपाली सोसाइटी अफ तास्मानियाले दुई चरणमा गरेर रक्तदानको कार्यक्रम आयोजना गर्ने भएको छ। पहिलो चरणको रक्तदान कार्यक्रम २७ अगस्टमा र दोश्रो चरणको कार्यक्रम होबार्ट ब्लड डोनर सेन्टरमा हुने छ। 

कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था का अध्यक्ष खगेन्द्र सत्यालले दुई दिने रक्तदान कार्यक्रममा बिस जनाको लागी सीट उपलब्ध रहेको र कोटा भन्दा बढी दाता हुनु भयो भने आगामी दिनमा पुन: बुकिङ गर्ने बताउनु भयो । यस कार्यक्रमलाई सोसाइटीको सिग्नेचर कार्यक्रमको रुपमा निरन्तरता दिदै यस महान कार्यमा सहभागी हुन पाउँदा आफुहरु निकै उत्साहित भएको बताउनु भयो।

नयाँ दाताहरुले सर्वप्रथम अनलाईनको यो लिङ्कमा https://docs.google.com/forms/d/e/1FAIpQLSewzLQ6qfiHNZQw0tk9PmMdyLh25o8-ojMfjCLK5y-OYK-4uQ/viewform २० अगस्ट भित्र रजीस्टर्ड गर्नु पर्नेछ भने आफुले तोकेको समयमा भेन्युमा पुगेर दाताहरुले सुरक्षित सामाजिक दूरी कायम राख्न मद्दत गर्नु पर्ने बताउनु भयो।

देश कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला थप संकटको रुपमा रगतको अभाव रहेको छ। रगतको अभावको समाधानमा थोरै भए पनि सहयोग हुने अभिप्राएका साथ सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal