eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य २१ केसहरु प्रकोपसंग जोडिएका केसहरु छन् भने बार्ह केस संक्रामक अवधि भर क्वारेन्टाइन घटनासँग आबद्द रहेका छन्।

सोहि अवधि भर ३२ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १८५ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८७ लाख ६८ हजार २ सय ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ३६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २३ हजार ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या १९ लाख ४८ हजार ९ सय ९६ पुगेको छ ।

न्यु साउथवेल्स राज्यमा लकडाउनको नियम उलङ्घन गर्नेलाई थप कडाइ

अस्ट्रेलीयाको न्यु साउथवेल्स राज्यमा  कोरोनाका थप ४ सय ६६ नयाँ संक्रमित फेला परेपछि शनिबार आपतकालीन बैठकमार्फत् सरकारले थप नयाँ नियम र जरिवाना सहितको कढा नियम लागु गरेको छ। सरकारले पाँच सय प्रहरी र थप ५ सय सेना खटाउने भएको छ। 

जरिवानामा समेत वृद्धि गर्दै यात्रा गर्न पाउने दूरीलाई पनि १० किलो मिटरबाट घटाएर ५ किलोमिटरको रेडीयसमा सीमित पारिएको छ।

सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लंघन गर्नेहरूलाई ५ हजार डलर जरिवाना रिखिएको छ भने होम क्वारेन्टिनको नियम तोड्नेलाई, अनुमतिका सम्बन्धमा ढाँट्नेलाई र दुई जनाभन्दा बढीले सामूहिक व्यायाम गरेमा तत्काल जरिवाना तिराइने भएको छ।

सोमबारदेखि सिड्नीका बढी प्रभावित क्षेत्रहरू लिभरपुल, ब्याकटाउन, क्याक्बलटाउन, पारामाटा,कम्बरल्यान्ड,फेयरफिल्ड,बरउड , 

क्यान्टबरी ब्यांक्सटाउन, बेसाइड, जर्जेज रिभर लगायतका क्षेत्रमा अति आवश्यक कार्य गर्न अनि व्यायाम र बालबच्चा हेर्नलाई मात्र अनुमति दिइएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal