कोरोना महामारीका कारण छैटौ चरणको जारी लकडाउनको बेला बिशेषतः उच्च शिक्षा अध्ययन गर्न आएका बिधार्थी भाईबहिनीहरु र अती आवस्यक परेका भिक्टोरीयावासी नेपालीहरुलाई थोरै भए पनि राहतको महसुस होस् भन्ने हेतुका साथ दिदीबहिनी समाज भिक्टोरीयाले आफ्नो राहत बितरणको कार्यक्रमलाई पुन: अघी सारेको छ।
महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा कुनै पनि स्वार्थबाट माथि उठेर काम गुमाएका या आर्थीक अभावले दैनिक उपभोग्य बस्तुहरुबाट बन्चित भएका बिधार्थीहरुको सम्मान र हौसलाका लागि दिदीबहिनी समाजबाट भएका यस्तो सहयोग प्रशंसाको लायक छ। यसबाट स्थानीय समुदायमा नेपालीहरुप्रतिको सम्मान बढाउने मात्र नभइ समुदायबीचको सम्बन्ध बिस्तारमा पनि टेवा पुर्याउने समेत अपेक्षा गर्न सकिन्छ ।
समाजले यो बिषम परिस्तितीलाई मध्यनजर लगाउँदै बिभिन्न सहयोग सेवाहरु अगाडी ल्याएको छ।कोभीड माहामारी र निरन्तरको लकडाउनले असर परेका व्यक्तिहरुलाई आपतकालीन खाध्यन्न राहत, सरसफाईका सामाग्री सहायता, क्षमता अभिवृद्धि तालिम, कोभीडको बेला चाहिने सेवा सम्पर्क बारे जानकारी, मानसिक स्वास्थ्य र वेलबिङ सहयोग रहेका छन्।
यदि तपाईहरुलाई यी सेवा सुबीधाहरुको आवस्यक्ता परेमा वा लिन चाहानहुन्छ भने अनिता भण्डारी ०४३५७८४०२१ मा सम्पर्क गर्न सक्नु हुनेछ या [email protected] मा पत्राचार गर्न सक्नु हुनेछ।साथै ३१ अगस्ट सम्ममा पत्राचार वा सम्पर्क गरी सक्नु पर्नेछ।

