eNepal

किरण गजमेरले प्राप्त पुरस्कार रकमले नेपालको लागि एम्बुलेन्स किनिदिने

‘द भ्वाइस अफ नेपाल सिजन-३’ को उपाधि बिजेता किरण गजमेरले आफूले प्राप्त गरेको नगद २५ लाखबाट केवल १ हाजार रुपैयाँ अमेरिका लगी आमालाई दिने र बाँकी सबै २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पस्चिममा एउटा गरी दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका छन् ।

यो रकम दुईवटा एम्बुलेन्स किन्न प्रयाप्त नहुने भएकाले बाँकी अमेरिका र विस्वका विभिन्न देश र नेपालका शुभचिन्तक तथा केही सहयोगी संघ-संस्थाहरु मार्फत जुटाएर एम्बुलेन्स किनेर बचेको बाँकी रकम भने नेपालमा कोरोनाको खोप लगाउन नपाउनु भएका बुआ-आमाहरुको सहयोगका लागि उपलब्ध गराउने पनि बताएका छन् ।

संभाबित बिजेताका रुपमा लिइएका सिक्किमदेखि आएर सेमिफाइनलबाट बाहिरिनु परेका रविको सपना बिजेताको ट्रफी आमाको हातमा राख्नु भएकोले बिजयपछि बोल्ने क्रममा किरणले रविको आमालाई आफूलाई आफ्नै कान्छो छोरोको रुपमा लिन आग्रह गर्दै छिट्टै आएर आमालाई भेट्ने प्रतिबद्धता जाहेर गरेका छन । 

भुटानी शरणार्थीको रुपमा आएर नेपाल बस्दा नेपालको नागरिकता लिन चाहेर पनि लिन नसकेकोमा बिजेताको ट्रफी पाउँदा नेपालको नागरिकता लिएको जस्तै अनुभूति बताए किरणले ।       

नेपाल आइडलमा अमित बरालले जुन “पंक्षी” गीत मार्फत सबैलाई रुवाए र भाईरल भए र त्यही गीतका कारण सो गीतका गायक तर नेपालीका बीच गुमनाम जस्तै रहेका होनहार कलाकार पुष्पन प्रधान अत्याधिक खोजी गरिने ब्यक्तिमा पर्न पुगे केही समय त्यसरी नै ब्लाइण्ड अडिशनमा किरणले गाएका तीनपाते गीत भाईरल बन्न पुग्यो र त्यही गीतले उन्लाई भाईरल बनायो र संभाबित बिजयीका बलिया प्रतिस्पर्धाका रुपमा आफूलाई उभ्याए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal