टोकियोमा जारि ओलम्पिकमा अष्ट्रेलियाका १८ वर्षीय किगन पाल्मरले स्वर्ण पदक हात परेका छन ।
टोकियो ओलम्पिकमा बिहीबार भएको स्केटिङ पार्कको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाका खेलाडी किगन पाल्मरले स्वर्ण पदक जितेका हुन् । स्केटिङ खेल अन्तर्गत अष्ट्रेलियाले पहिलो स्वर्ण पदक जितेको हो ।पहिलो चरणको खेलमा ९४.०४ स्कोर गर्न सफल भएका उनले खेल सकिँदासम्म ९५.८३ स्कोर गर्न सफल भएका थिए ।
त्यस्तै, ब्राजिलका लुइज फ्रान्सिस्कोले उक्त विधामा तेश्रो स्थान हात पारेका थिए । त्यसैगरी पाल्मरसँग प्रतिष्पर्धा गरेका अष्ट्रेलियाकै किरन वुलीले अन्तिमसम्म ८२.०४ स्कोर बनाउन सफल भएका थिए ।
यो पनि पढ्नुहोस:- जापानको टोकियोमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा अमेरिकी एथ्लेटिक्स खेलाडी रायन क्रुजरले ओलम्पिक कीर्तिमान सहित पुरुष सट पुटमा स्वर्ण हात पारेका छन् ।
उनले टोकियोस्थित ओलम्पिक स्टेडियममा बिहीबार २३.३० मिटरको नयाँ ओलम्पिक कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नै नाममा रहेको २२.५२ मिटरको ओलम्पिक कीर्तिमानमा सुधार गरेका हुन् । त्यसैगरी सट पुटको विश्व कीर्तिमान पनि क्रुजरकै नाममा छ । उनले २३.३७ मिटरको कीर्तिमान कायम गरेका छन् । त्यसैगरी अमेरिकाकै जोय कोभासले रजत र न्युजिल्यान्डका थोमस वाल्सले कास्य पदक हात पारेका हुन् ।

