eNepal

फेरी पनि अस्ट्रेलियामाथि बंगलादेशको दोस्रो जित

फेरी पनि अस्ट्रेलियामाथि बंगलादेशले लगातार दोस्रो जित हासिल गरेको छ। ५ खेलको टि–२० सिरिजअन्तर्गत बुधबार ढाकामा भएको दोस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि ५ विकेटको जित हात परेको छ।

बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियामाथि घरेलु टोलीले लगातार दोस्रो जित निकालेको हो। यो जितसँगै बंगलादेशले सिरिजमा २–० को अग्रता लिएको हो। पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १२२ रनको सामान्य लक्ष्य बंगलादेशले १८ दशमल ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

यसैगरी, बंगलादेशका लागि आसिफ हुसेनले सर्वाधिक ३७ रन बनाउँदा सकिब अल हसनले २६ रन बनाए। त्यस्तै अस्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हेजलउड, स्टोन अगर, एडम जम्पा र एन्ड्रयु टाइले समान १ विकेट लिए।
यो भन्दा अघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो ।

उसका लागि मिचेल मार्सले ४५ र मोइसेस हेनरिक्सले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गरेनन्। अस्ट्रेलियालाई कम योगफलमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने सोरिफुल इस्लामले २ विकेट लिए। त्यस्तै यी दुई बीच अबको तेस्रो टि–२० शुक्रबार ढाकामा हुनेछ। त्यस्तै यो भन्दा अघिको मंगलबार भएको पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal