eNepal

पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया माथि बंगलादेशको जित

अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले विजय हात पारेको छ ।

हिजो मंगलबार राती भएको खेलमा अष्ट्रेलियालाई बंगलादेशले २३ रनले हराएको हो। ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले ३६, मोहमद नाइमले ३०, अफिफ होसेनले २३ तथा कप्तान महमुद उल्लाहले २० रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो । अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए ।

त्यस्तै अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal