eNepal

अस्ट्रेलियामा बस्दै आएका नेपालीद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

काठमाडौँ । मेलम्चीका बाढीपीडितलाई अस्ट्रेलियामा बस्दै आएका नेपालीले सहयोग गरेका छन्।

मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा संकलित रकम प्रभावितहरुलाई हस्तान्तरण गरिएको हो।
एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरुबाट दुई लाख ७५ हजार संकलन गरी पठाइएको वितरणमा सहजीकरण गर्ने चुडामणि दुलालले जानकारी दिए। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चुडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गरेका हुन्।

एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ। स्रोत:- रासस 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal