गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्व चयनको लागि आज विहान सात बजेबाट अनलाईन मार्फत निर्वाचन जारी रहेको छ ।
सन् २०२१–२३ कार्यसमिति छनोटको लागि हुने सो निर्वाचनमा राष्ट्रिय समन्वय समिति, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवारहरूको चयनको लागि निर्वाचन भइरहेको हो।
विहान सात बजेदेखि शुरू भएको मतदान साँझ ७ बजेसम्म हुनेछ।
दिउँसो चार बजेर पच्पन्न मिनेट जाँदाको अपडेट अनुसार जम्मा १२,४७३ मत खसेको छ जसमा एसीटीमा १२७६ मतदाता मध्ये १०२८ जनाले मतदान गरेका छन् भने साउथ अष्ट्रेलियामा १८४५ मतदाता मध्ये १५५० जनाले भोट दिएका छन् ।
न्यु साउथ वेल्समा ५७५४ जना मा ४६७० जनाले भोट दिए भने तास्मानियामा १२५७ जनामध्ये ११४१ जनाले मताधिकार प्रयोग गरेका छन् ।
त्यस्तै नर्दन टेरीटोरीमा १०५९ जनामा ९२४ जनाले भोट दिए भने कुल मतदाता २०३३ रहेको भिक्टोरियामा १५४४ जनाले मत खसालेका छन्।
क्विन्सल्याण्डमा १३३१ जनामा १११८ जनाले भोट दिए भने वेस्टर्न अष्ट्रेलियामा ७४३ जनामा ४९८ जनाले मत दिएका छन् ।
हालसम्म कुल १५२९८ मतदाता मध्ये १२ हजार ४ सय ७३ जनाले मत खसालेका छन्।


