eNepal

निर्वाचनको सङ्घारमा तोकियो तास्मानियाका लागि निर्वाचन आयुक्त

तास्मनिया राज्यका लागि नयाँ निर्वाचन आयुक्त तोकिएको छ। एनआरएनए अष्ट्रेलियाको चुनावका लागि एक दिन मात्र बाँकी रहँदा डा. सुवास कोइरालालाई निर्वाचन आयुक्तको रुपमा नियुक्त गरिएको हो। 

यसअघि तास्मानियाको निर्वाचन आयुक्तको नाममा बोर्डले पुनम पन्तको नाम सार्वजनिक गरेको थियो। तर पुनम पन्तलाई विधान विपरित नियुक्त गर्न खोजिएको भन्दै तास्मानियाका सरोकारवालाहरुले विरोध जनाएका थिए। उनीहरुको भनाइ थियो, कुनै पनि राज्यका लागि निर्वाचन आयुक्त नियुक्त गर्दा सम्बन्धित राज्यको राज्य संयोजकले प्रस्ताव गरेको नामलाई लिइन्छ। तास्मानियाका लागि भने बोर्डले राज्य संयोजकद्वारा प्रस्तावित नामलाई बेवास्ता गरी अर्कै नाम अगाडी सार्यो। यसमा बोर्डबाट विधान उल्लङ्घन गर्ने काम भएको भन्दै उनीहरुले आवाज उठाएका थिए। 

असन्तुष्ट पक्षले उठाएको आवाजका कारण निर्वाचन आयुक्तको रुपमा पुनम पन्तको नाम विवादमा पर्यो। त्यस पश्चात भएका वार्ता मार्फत पनि समस्या समाधान नभएपछि पुनम पन्तले निर्वाचन आयुक्तको पदबाट राजीनामा दिइन्। त्यसपछि केही समय खाली रहेको उक्त पदमा डा. सुवास कोइराला आउने भएका हुन्। 

तास्मानियाका लागि निर्वाचन आयुक्त नियुक्त भएका डा. कोइरालाको टिममा रवि शाक्य, रिद्दी राज प्रसाई र सन्तोष आचार्य रहेका छन्। यो टिमलाई तास्मानियावासीले पनि स्वागत गरेका छन्।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन भोली जुलाई ३१ तारिखका दिन अनलाईनको माध्यमबाट हुन गइरहेको छ। सन् २०२१–२३ कार्यसमिति छनोटको लागि हुने सो निर्वाचनमा राष्ट्रिय समन्वय समिति, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवारहरूको चयनको लागि निर्वाचन हुन लागेको हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal