अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा कोरोना सङ्क्रमण थप फैलीएको छ। दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा हिजो मात्रै थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार न्यू साउथ वेल्सभर गएको चौबीस घण्टामा थप २३९ जना सङ्क्रमित भएका छन् । सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ ।
अस्ट्रेलियाको सबैभन्दा ठूलो शहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट न्यु साउथ वेल्समा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

