eNepal

गैर आवासीय नेपाली संघ बेल्जियमको निर्बाचनको क्रममा अप्रीय घटना, केही अस्पताल भर्ना

गैर आबासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएकोछ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युवाहरुको समुहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने र मतपेटीका तोडफोड गरेका छन् ।

यस कार्यलाई रोक्ने प्रयास गर्दा २ जना घाइते भएर अस्पताल भर्ना भएका छन भने अन्य केही सामान्य घाइते भएका छन । अस्पातल भर्ना हुनेहरुमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेका छन् ।

घटना स्थलबाट बेल्जियम प्रहरीको टोलीले प्रमाणहरु संकलन गर्ने र संस्थाका जिम्मेवार बर्तमान अध्यक्ष चित्र सुबेदी, अध्यक्ष पदका उम्मेद्वार खड्क केसी, सिपी भट्ट् , निर्वाचन सन्योजक लोक दाहाल र सदस्य सचिब शिव बरुवाल सँग छलफल पछि केश तयार गरेको छ भने बाँकी प्रकृया अगाडि बढाउने जिम्मा उहाँहरुलाई दिएको छ ।

फोरिएको मतपेटिकाबाट केही मतपत्र च्यातिएका भए पनि अन्य मतपेतिकामा खसेका मतपत्र सुरक्षित रहेका छन् । निर्वाचन समितिका सन्योजक लोक दाहालले सबै उम्मेद्वारहरु र केन्द्रिय पदाधिकारीको सल्लाहमा आगामी कदम चाल्ने बताएका छन ।

मतदiन स्थलमा रहेका अध्यक्ष पदका उम्मेद्वार खड्क बहादुर केसी र अनुजा प्रधानले अर्का उम्मेद्वार सिपी भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएकाछन । सिपी भट्टले मतदाता नामावली र निर्वाचन प्रक्रियामा धाधली भएकोले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal