eNepal

उद्यमशील महिलाहरुको लागि बिशेष कार्यक्रम ल्याउँदै दिदीबहिनी समाज भिक्टोरिया

दिदीबहिनी समाज भिक्टोरियाले महिलाहरूलाई उद्योग व्यवसायमा संलग्न भई स्वरोजगारको अवसर प्रदान गर्दै उद्योग व्यवसायको क्षेत्रमा अगाडि बढुन् भन्ने उद्देश्यले महिलाको आर्थिक सशक्तिकरणको अवधारणा अनुरूप भिक्टोरीयामा रहेका उद्यमशील महिलाहरुको लागि बिशेष कार्यक्रम अगाडी सारेको छ।

नेपाली समुदाएका दिदीबहिनीहरुमा भएका असाधारण प्रतिभा र सीपका साथै ज्ञान र अनुभवहरू उजागड गर्दै उनीहरु भित्रको महिला उद्यमशिलता विकास गरी महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्न यस्तो कार्यक्रम आयोजना गरिएको दिदीबहिनी समाज वेस्ट कोअडीनेटर रोशनी श्रेष्ठले जानकारी गराउनु भयो।

नेटवर्किंग, प्रोत्साहन र सहयोगी टीमको अभावका कारण दिदीबहिनीहरुमा भएको सीप अनि प्रतिभाहरु दिन प्रतिदिन हराउँदै गएको अवस्थामा यस्ता खाले कार्यक्रमले पक्कै पनि महिला दिदीबहिनीहरु जो आफै उद्यमशील बन्न चाहान्छन् उनीहरुको लागि स्वर्ण अबसर हुनेछ।

आर्थिक सशक्तिकरण मार्फत महिला सशक्तीकरणमा टेवा पुर्याउने दिदीबहिनी समाजको एक महत्वपूर्ण उद्देश्य भनेकोले पनि यो फोरमले ऊर्जावान नेपाली महिलाहरूलाई थप मद्दत पुर्याउनेछ।

यस परियोजना अन्तर्गत शुरुवातमा रोडम्याप विकसित गर्दै ईच्छुक स्थानीय महिलाहरूबाट अभिव्यक्ति संकलन गरि ग्रेटर मेल्बर्नभर विस्तार गरिने समाजले जनाएको छ।थप जानकारीको लागि तल पोस्टरमा भएका व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal