अस्ट्रेलिया। कोरोना भाइरस(कोभिड-१९) को संक्रमित दिन प्रति दिन बढ्दो क्रममा रहेपछि अस्ट्रेलियाका तिन राज्यहरुमा लकडाउन घोषणा गरिएको छ।
भिक्तोरियाले बुधबार राती ११:४५ बजे देखि साउथ अस्ट्रेलियासंगको सिमा बन्द गर्ने भएको हो। भिक्टोरिया राज्यमा बदुहबार लकडाउनको दोस्रो हप्ता सुरुहुन्दा २२ जना नयाँ संक्रमितहरु थपिएका छन। राज्यका केहि मिस्ट्री केसहरूको पनि कन्ट्रयाक ट्रेसिङ् गरिएको बारे प्रिमियर डेनियल एन्डले संचार माध्यमहरु संग बताएकी छन।
त्यसैगरी साउथ अस्ट्रेलियामा मंगलबार पाँचजना कोरोना संक्रमित थपिए लगतै प्रिमियर स्टिभन मार्सलले एक साता लकडाउन गर्ने घोषणा गरेका हुन्। यस्तै न्यु साउथ वेल्स राज्यमा एक सय १० जना नयाँ संक्रमितहरु थपिएका छन। बुधबार बिहान राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनका पत्रकार सम्मेलनमा बोल्दै डेल्टा भेरिएन्ट निकै खतरनाक भाइरस भएकोले संक्रमण नियन्त्रणमा चुनौती रहेको बताएकी छन। योसंगै बुधबार देखि राज्यमा कुनै रोजगार दाताले कर्मचारीलाई घरबाटै काम गर्न बंचित गर्छ भने १० हजार डलरको जरिवाना तिर्नु पर्ने भएको छ।

