eNepal

अर्जेन्टिनालाई २८ वर्ष पछि कोपा अमेरिकाको उपाधी

अर्जेन्टिनाले २८ वर्षको पछि कोपा अमेरिकाको उपाधि जित्न सफल भएकोछ।आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता तथा आयोजक ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।

यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याका मेसी उपाधिबाट चुकेका थिए । 

आफ्नो खेल जीवनको उत्तरार्द्धतर्फ पुगेका मेसीका लागि यो उपाधि अर्थपूर्ण छ । क्लब फुटबलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएका उनले आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीबाट मात्रै उपाधि जित्न सकेका थिएनन् ।  ब्राजिलको माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई यो महत्पूर्ण जित दिलाउन खेलको पहिलो हाफमा एञ्जेल डी मारियाले गरेको एक मात्र गोल पर्याप्त बन्यो । 

मेसी प्रतियोगिताको सर्वोत्कृस्ट खेलाडीसमेत घोषित भए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal