eNepal

जिलोङको डाँफे ड्र्यागन फुटबल क्लबद्वारा खेलाडीलाई जर्सी बितरण

जिलोङ तथा बार्वोन साउथ वेस्ट क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदाएको मानसिक तथा शाररिक स्वास्थको मध्यनजर लगाउँदै गठन गरिएको डाँफे ड्र्यागन फुटबल क्लबले आज एक बिशेष कार्यक्रमको आयोजना गर्दै जर्सी बितरण गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिलोङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज करणजितले जर्सीको लागि सहयोग गर्ने भिक्टोरिया राज्य सरकार र ग्रेस ईन्टरनेशनल मेल्बर्नलाई बिशेष  धन्यबाद दिनु भएको छ। साथै चाँडैनै ट्राइ सिरीज प्रतियोगिता र टेबल टेनिस प्रतियोगिता पनि हुन लागेको जानकारी गराउनु भयो। 

सन् २०१६ देखि निरन्तर रुपमा साँस्कृतिक, सामाजिक, मनोरन्जनात्मक लगाएत बिभीन्न खेलकूद कार्यक्रम गर्दै आएको एसोसियसनले समुदायको मानसिक स्वास्थ्यलाई बढावा दिन र कल्याण सुधार का कार्यक्रम गर्दै आएको छ।यद्यपि केही कार्यक्रमहरु बिवीध कारणले गर्दा नियमित हुन सकेका छैनन्।

हाल क्लबमा २५ खेलाडी छन् र दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ।  राज्य र संघीय सरकारसँग पाइपलाइनमा केही प्रस्ताव रहेको र स्वीकृत भएमा चाँडैनै घोषणा गर्ने अध्यक्षले जानकारी गराउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal