सन् २०१४ मा उच्च शिक्षा अध्ययनको शिलशिलामा मेल्बोर्न आएका अर्जुन श्रेष्ठ हाल होवार्टमा बस्दै आएका छन्।व्याच्लर अध्ययन सके पछि अस्ट्रेलीयाको चर्चीत स्टोर जेबी हाईफाइमा एकाउन्ट्सको इन्टर्नसिप गर्दै अस्ट्रेलीयन स्टक एक्सचेन्जमा सूचीबद्ध एकाउन्टीङ फर्ममा सुपरएनुएसन र क्लाइन्ट सर्भिस अफिसरको काम गरेका अर्जुन श्रेष्ठ छोटो समयमा समुदाएमाझ निकैनै लोकप्रीय छन् भने धेरै युवाहरुको ढुकढुकीमा बस्न सफल भएका छन्।

सामाजीक कार्यमा पनि उत्तीकै क्रियाशील अर्जुन नेप्लिज एसोसियसन अफ भिक्टोरीया जस्तो गरिमामय सँस्थामा सहसचीवका रुपमा सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्भाह गरिसकेका छन्।
अस्ट्रेलीयाको लामो बसाईमा उनले युवा सशक्तिकरण, रोजगार र अस्ट्रेलीयाको कल्चरलाई कसरी अंगाल्ने भनेर आफ्नो सिकाइ भोगाई साट्ने गरेका छन्।
हाल बिएमडव्लु एजुकेसन कन्सल्टेन्सीमा बिजीनेस डेभलप्मेन्ट अफीसरको रुपमा कार्यरत अर्जुन तास्मानिया बस्ने बिधार्थीहरुका लागि बिधार्थीका अनुभवहरु साट्ने सिरीज चलाउछन् जस मार्फत युवा सशक्तिकरणका बिषयमा आवाज उठाउँदै आएका छन्।

सामाजिक कार्यलाई फेसनको रुपमा नभइ आफ्नो जिम्मेवारी ठानेर अगाडी बढेका अर्जुन यसपाली एनआरएनए अस्ट्रेलीयाको तास्मानिया राज्य कार्यकारी सदस्यमा उमेदवारी दिएका छन्।
अस्ट्रेलीयाको बढ्दो युवा जमातलाई प्रतीनिधित्व गर्दै युवाहरुका समस्यालाई नजिकबाट नियाली रहेका उनले तास्मानिया लगाएत अस्ट्रेलीयामा बस्ने युवाहरुका लागि कस्तो खालको कार्यक्रम सँचालन गर्दा राम्रो हुन्छ राम्रोसँग बुझेका छन्।हाल सम्म कुनै राजनितीक पाटीको झण्डा नबोकेका अर्जुन एनआरएनए जस्तो सामाजिक सँस्थामा युवाहरुको आगमन होस भन्ने चाहाना राख्छन्।
एनआरएनएमा कुनै राजनैतिक आदर्श बोकेको झुण्ड हुन नदिन युवाहरुको सहभागीता होस् र हरेक नेपालीको अभिभावक बन्न सकोस् भनेर युवाहरुको प्रतिनिधित्वको रुपमा काम गर्ने चाहा अनुरुप उमेदवारी दिएका छन्।

तास्मानियामा बढ्दो नेपालीहरुको जनसँख्या, बिधार्थीहरुको बढ्दो आगमन, हाउजीङ र बेरोजगारी सङ्कटलाई कसरी समाधान गर्न सकिन्छ भनेर सम्बन्धित निकाएमा गएर त्यसको समाधान निकाल्ने प्रयास गर्ने र त्यसमै प्रतिबद्द भएर लागि पर्ने उनको सङ्कल्प छ।हाल सम्म स्वच्छ छवी लिएर शद्ध समाज सेवाको भाव बोकेर समुदाएको लागि केही गर्ने अडानका साथ उनले उमेदवारीको घोषणा गरेका छन्।उनी भन्छन् अर्जुन मेरो साथी हो, भाई हो भनेर भोट वा समर्थन गर्नु भन्दा पनि यो व्यक्ति सक्षम छ कि छैन भनेर बिश्लेषण गरेर मात्र भोट दिन अनुरोध गरेका छन्।मेरो मान्छे, मेरो प्यानल, मेरो साथी भनेर जसरी नेपालमा नाताबाद र क्रिपाबाद व्याप्त छ त्यो सोचाइ भन्दा माथी उठेर जो मान्छेले जे गर्न सक्छ जसको स्वच्छ छवी छ उसैलाई साथ र समर्थन गर्न समेत अग्राह गर्छन्।
एनआरएनए प्रति युवाहरुको बढ्दो घृणा र बिभीन्न आरोप प्रत्यारोप लाग्ने कुरालाई मनन गर्दै सँस्था आफैमा कहिले पनि फोहोर हुन नसक्ने, फोहोर त केही व्यक्ति बिशेषहरुले बनाउने धारणा व्यक्त गर्छन्।एनआरएनए तास्मानियालाई समावेशी, नैतीकता र सत्यतामा चल्ने सँस्थाको रुपमा चलाउने प्रयास गर्ने प्रतिबद्दता गरेका श्रेष्ठ भन्छन् मैले देखेको यो सपना मेरो मात्र नभएर सारा नेपालीहरुको सँयुक्त आवाज हो। मलाई मायाँ र सहानुभुती भन्दा पनि खुवीलाई मुल्याङ्कन गरेर सहयोग, साथ र समर्थन गर्ने आशा राखेको छु।

