eNepal

अजी एक्सन अब्रोर्डले नेपालका कोरोना पिडीतलाई बिभीन्न सँस्थासँगको सहकार्यमा सहयोग गर्दै

अष्ट्रेलिया स्थित च्यारिटि संस्था अजी एक्सन अब्रोर्डले विगत २० वर्षदेखि नेपालको थुप्रै जिल्लाहरुमा स्थानीय सँघसँस्थासँगको सहकार्यमा थुप्रै मानवीय काम गरिरहेको छ । पछिल्लो समय नेपालमा कोरोनाको दोश्रो ठुलो लहरले एकदमै असर पारिरहेको अवस्थामा यस संस्थाले नेपालमा नेपाल कोविड–१९ फूड बैंक अभियान सुचारु गरेको छ ।

विगत १८ महिनादेखि नेपालको पर्यटक, होटल देखि अन्य व्यवसाय ठप्प भएको छ भने व्यापार व्यवसाय ठप्प हुँदा यसको सिधा असर आम नागरिकमा प्रत्यक्ष रुपमा परेको छ भने दैनिक गुजारा गरेर जिवीकापार्जन चलाउनेहरुको जिवन कस्टकर बन्दै गएको छ जसको असर नागरिकहरुको आम्दानि, सामाजिक र मानसिक स्वाथ्यमा असर गरेको छ । 

अजी एक्सन अब्रोर्डले यस्तो बिषम् परिस्थितीमा केही मात्रमा भएपनि उनीहरुको खाद्यान्न आवस्यकता पूर्ति गर्नको लागि कोविड–१९ फूड बैंक अभियान अगाडी सारेको हो । 

अजी एक्सन अब्रोर्डका निर्देशक ग्रेमी केन्ट (ग्रामी बाजे) ले संसार नै कोभिड १९ को कहरले आक्रान्त रहेको भन्दै अष्ट्रेलियादेखि नेपाल र अन्य मुलुकमा कोरोनाले जति पनि व्यक्तिहरुको मृत्यु भएको छ अजी एक्सन अब्रोर्ड टिमका तर्फबाट आत्माशान्तिको कामना समेत गर्नु भएको छ। साथै हालै जति पनि कोभिड पोजेटिभ देखिएर क्वारेन्टिन, आइसोलेसन अनि अस्पतालमा उपचार गराईरहनुभएको छ उहाँहरु सबैजनाको पनि छिटो स्वाथ्यलाभको पनि कामना समेत गर्न भएको छ।अस्ट्रेलीयामा रहेका बिभीन्न समुदाएलाई यो अभियानमा साथ दिनु अनुरोध गर्नु भएको छ।

सामुदायिक खाद्य बैंकहरुले कसरी काम गर्छ त ?

हाम्रो नेपाली साझेदार नेटवर्कले गाह्रो परेकाहरूलाई आवश्यक खाद्यान्न वितरण गर्न थालिसकेको छ र फूड बैंकहरूलाई थप समुदायहरूमा विस्तार गर्नका लागि सहयोगको लागि अनुरोध पनि गरिसकेको छ ।
तपाईहरुले दिनुभएको सहयोग नेपालमा पूरै प्रयोग हुनेछ र उक्त रकम तल दिइएका संस्थाहरु मार्फत् यही जूनदेखि खाद्यान्न वस्तुहरू किन्न र तत्काल खाँचोमा परेकाहरूलाई वितरण गर्न अनुरोध गरिनेछ ।

पहिलो चरणमा मात्रृभुमी महिला समाज सामाखुसी काठमाण्डौ नेपालमा आश्रीत १९ बालबच्चा लगाएत कर्मचारीहरुका कोविड पोजिटिभ बच्चाहरूलाई खुवाउने खर्च बापत $१००६ डलर पठाइ सकेको छ।

त्सस्तै लाइन्स क्लब अफ काठमाण्डौ मार्फत सडकमा बस्नेहरूलाई खाना उपलब्ध गराउने खर्च र इटपारे समुदाएका लागि भोजन आपूर्ति गरिदिने ब्यबस्था गरेको छ। अहिलेलाई यी तीन साझेदारी गरेको संस्था भएपनि भविष्यमा अन्य नयाँ र पुराना संस्थाहरुसँगपनि काम गर्ने तयारी गरिरहेका छ।

दान कसरी कति रकमको गर्ने ?
२५ डलरले एकमहिनाको फूड प्याकेज एकजनालाई पुग्नेछ ।
५० डलरले दुई हप्ताको फूड प्याकेज चार सदस्यको परिवारलाई पुग्नेछ ।
७० डलरले एकमहिनाको फूड प्याकेज चार सदस्यको परिवारलाई पुग्नेछ ।

यदि तपाइँहरु हाम्रो अभियानमा साथ दिन चाहनुहुन्छ भने कृपया तलको गो फण्ड मी लिङ्कमा गएर अथवा हाम्रो डाइरेक्ट अकान्टमा पनि दान गर्न सक्नुहुनेछ ।

GOFUNDME

https://www.gofundme.com/f/AAA-Nepal-FoodBank-Campaign?utm_campaign=p_lico+share-sheet&utm_medium=copy_link&utm_source=customer

अथवा

Name: Aussie Action Abroad Ltd – Gift Account

BSB 06 3502  Account No  1088 7607

यदि यस बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने कृपया तल उल्लेख गरिएको नम्बर र इमेलमा सम्पर्क गर्नुहोला ।

Graeme Kent – [email protected]

0409 954 782

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal