eNepal

ग्लोबल मार्क एजुकेशनलाई एआईबिटि ग्लोबलको इमर्जिङ्ग बिजनेस पार्टनर अवार्ड प्राप्त

ग्लोबल मार्क एजुकेशनले एआईबिटि ग्लोबलको इमर्जिङ्ग बिजनेस पार्टनर अवार्ड प्राप्त गरेको छ। मनोनयनमा परेका बाँकी सात प्रतिस्पर्धीलाई पछि पार्दै ग्लोबल मार्कले अवार्ड हात पारेको हो।ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा शुरु गरेको छोटो समयमा नै विद्यार्थी, अभिभावक मात्र नभई अष्ट्रेलियाका शैक्षिक संस्थाहरुको पनि विश्वास कमाइरहेको छ।

अवार्ड आयोजक एआईबिटि ग्लोबल अष्ट्रेलियामा भोकेसनल पढाइ हुने उत्कृष्ट शैक्षिक संस्था मध्ये पर्छ। एआईबिटि ग्लोबलले आफूसंग सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सी मध्ये उत्कृष्टलाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ। अवार्ड प्रदान गर्दा एआईबिटिले बिजनेस पार्टनर र नयाँ अर्थात उदाउँदो बिजनेस पार्टनर गरी दुई विधामा अवार्ड प्रदान गर्ने गर्छ।ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले मनोनयनमा पर्नु नै आफूहरुका लागि खुसीको कुरा रहेको र अवार्ड पाउँदा थप ऊर्जा मिलेको बताउँदै विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण सेवाग्राही, आफ्नो सम्पूर्ण टिम, शुभचिन्तक र अवार्ड आयोजकप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

ग्लोबल मार्कका निर्देशक प्रदीप पोखरेलले विद्यार्थीहरुको साथ र विश्वासले नै ग्लोबल मार्कले छोटो समयमा आफ्नो परिचय बनाउन सफल भएको उल्लेख गर्दै यो अवार्डले आफ्नो टिमलाई हौसलासंगै थप जिम्मेवारीको महसुस गराएको बताउनुभयो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal