eNepal

शुक्रवार यसरी गर्नुहोस वैभवलक्ष्‍मीको व्रत पूजा हुनेछ धन लाभ

हिन्दू धर्ममा वैभवलक्ष्मीको पूजा सुख-समृद्धि, धन, वैभव र ऐश्‍वर्यको प्राप्तिका लागि गरिन्छ। मान्यता छ कि, नियम पूर्वक पुरै विधि विधानको साथ यसको पुजा गर्दा व्यक्तिलाई यो सबै चीजको प्राप्ति हुन्छ । हिन्दू मान्यताको अनुसार सप्ताह को हर दिन कुनै न कुनै देवी-देवता को पूजाका लागि निश्‍चित गरिएको छ। यसमा लक्ष्मी पूजनका लागि शुक्रवारको दिन छानिएको छ । यस दिन देवीको वैभवलक्ष्मी स्वरुपको पनि आराधना गरिन्छ, जो वैभव र धन कि देबि मानिन्छिन । जानौ वैभवलक्ष्मी को शुक्रवार व्रत को विधि र नियम।

यसरी गरौ वैभवलक्ष्‍मी को व्रत एवम् पूजा:- हालाकि माता वैभवलक्ष्मीको व्रत शीघ्र फलदायी हुन्छ, त्यहि पनि यदि फल शीघ्र मिलेन भने एक महिनाको फरकमा यसलाइ पुन: शुरु गर्नु पर्दछ र इच्छानुसार पूर्ण हुने सम्म व्रत तीन-तीन महिनामा गरिराक्नु पर्दछ। यो व्रत प्रत्येक शुक्रवार को दिन गर्नु पर्दछ ।

व्रत शुरु गर्नु भन्दा पहिले यो कुराको तय गर्नु पर्दछकि तपाई कति शुक्रवार सम्म यो व्रत गर्न चाहानुहुन्छ। जस्तै -११, छ, या अझै ज्‍यादा। त्यसपश्चात व्रत समाप्त भएमा श्रद्धापूर्वक उद्यापन गरौ। एक पटक व्रत पुरा भएपश्चात दोबारा बाट कुनै अरु मन्नत मागेर गर्न सक्नुहुन्छ ।

लक्ष्मी जी लाइ श्रीयंत्र अति प्रिय हुन्छ, त्यसैले व्रत गर्ने समय श्री यंत्र सहित माता को श्रीगजलक्ष्मी, श्री अधिलक्ष्मी, श्री विजयलक्ष्मी, श्री ऐश्‍वर्यलक्ष्मी, श्री वीरलक्ष्मी, श्री धान्यलक्ष्मी र श्री संतानलक्ष्मी सबै रूपों लाइ प्रणाम गरौ।

व्रतको दिन बिहानै बाट मां लक्ष्मीको नामको स्मरण मन मनै गरिराख्नु पर्दछ। याद राखौ कि शुक्रवारको दिन यदि तपाई घर बाट बाहिर यात्रा गरिरहनुभएको छ भने यो शुक्रवार छोडेर त्यसपछिको शुक्रवारको दिन व्रत गरौ यसको अर्थ यो हो कि यो व्रत आफ्नै घरमा गर्नु पर्दछ।

माता लक्ष्‍मी का १८ पुत्र र धन लाभ संग उनको संबन्ध:- माता लक्ष्‍मी धन-संपत्ति कि देवी हुन जो जीवनमा सुख-सौभाग्‍यलाई बनाएर राख्छिन। लक्ष्‍मी लाई भगवान विष्‍णु कि अर्धंगिनी को रूपमा पूजा गरिन्छ। यिनिहरु दुईटै को १८ पुत्रहरु छन् जसको उल्लेख विभिन्‍न ग्रंथहरुमा उल्‍लेख गरेको पाईन्छ।

यसतो मान्‍यता छ कि यदि पैसाको अभाव भएमा लक्ष्‍मीका यि १८ पुत्रहरुको नाम लिएमा तुरंत धन लाभ हुन्छ। शुक्रवार को दिन देवी को पूजामा यिनिहरुको नामको जाप बाट मात लक्ष्मीको कृपा प्राप्‍त हुन्छ र समस्‍याहरु बाट छुटकारा मिल्छ।

जानौ माता लक्ष्‍मीजि का १८ पुत्रहरुको नाम:- १- देवसखा, २- चिक्लीत, ३- आनन्द, ४- कर्दम, ५- श्रीप्रद, ६-जातवेद, ७ – अनुराग, ८- सम्वाद, ९- विजय, १०- वल्लभ, ११- मद, १२- हर्ष, १३- बल, १४- तेज, १५- दमक, १६- सलिल, १७- गुग्गुल, १८- कुरूण्टक।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal