चितवन,जेठ-१२। घामबाट हामीले प्राप्त गर्ने प्रकाश शक्ति, ताप शक्ति र विद्युतीय शक्ति बाहेक पनि मानव स्वास्थ्यको लागि अन्य धेरै फाइदाहरू छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलाइ घाम मानव स्वास्थ्यको लागि कति र कसरी अपरिहार्य छ भन्ने बारे थाहा नहुन सक्छ ।
त्यस्तै घाम ताप्नुको १३ फाइदाहरू यस प्रकार रहेका छन :-
१. घामको किरणले उच्च रक्तचापलाइ नियन्त्रण गर्दछ । २. सौर्यप्रकाशले कोलेस्टेरोल घटाई प्रजनन् क्षमता बढाउँछ ।
३. छालासँग सम्बन्धित जुनसुकै किसिमको समस्याको उपचारमा लाभदायक हुन्छ । ४. सूर्यको प्रकाशले हानिकारक ब्याक्टेरियालाइ मार्दछ ।
५. सौर्यप्रकाश र सग्लो खानेकुराले स्तन क्यान्सरको खतरा घटाउँछ । ६. सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रगत र रक्तवाहन नलीलाइ सफा गर्ने काम गर्दछ ।
७. सूर्यको किरणले मानव रगतमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्रभाव रहन्छ । ८. मोटोपना नियन्त्रणमा सहयोग गर्दछ ।
९. त्यस्तै स्मरणशक्तिलाइ सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ । १०. घाम ताप्नाले तनाव वा डिप्रेशनको उपचारमा सहयोगी साबित हुन्छ ।
११.दमको समस्यालाइ घटाउँछ । १२. हाड तथा दाँत बलियो बनाउँछ । १३. रोग-प्रतिरोधात्मक क्षमता बढाउँछ ।

