अस्ट्रेलीयन नेपाल पब्लिक लिङ्कको आयोजना अनि यात्री हाउस अफ ईभेन्टको सहआयोजनामा गएको २३ मे र २४ मेमा दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचारको २० घण्टे तालिम सम्पन्न भएको छ। २० जनाले सहभागिता जनाएको कार्यक्रममा सिड्नीबाट बिज्ञ मानसिक स्वास्थ्य सहायता प्रशिक्षक भरत नेपालले तालिम दिनु भएको थियो।

कोर्पस क्रिस्टी प्राइमरी स्कुल ग्लेनरोयमा सम्पन्न तालिमको संयोजक यात्री हाउस अफ ईभेन्ट्सका अनिषा खड्का, दिक्क्षा उप्रेती, सुनीता गुरुङ र क्रान्ती जोशीले गरेका थिए।
यस कार्यक्रमको व्यबस्थापन एएनपीएलका अध्यक्ष निराजन गौलीले गर्नु भएको थियो।

सहआयोजकका तर्फबाट बोल्दै यात्री हाउस अफ इभेन्टका अध्यक्ष प्रकाश काजी थापाले यो दुईदिने कार्यक्रम सोँचेभन्दा राम्रो भएको सकारत्मक प्रतिक्रिया दिदै सहभागी बिधार्थी,सहजकर्ता डा. भरत नेपाल र संयोजक निराजन गौलीलाई धन्यबाद दिनु भएको थियो।
यात्री हाउस अफ ईभेन्टले छिट्टैनै म्यानुअल हेन्डलीङको तालीम ल्याउँदैछ भने बनफायर म्युजिकल नाइट र तीज मेला समेत आयोजना गर्दैछ।

