नयाँ दिल्ली। कोरोना महामारी झेलिरहेको भारतमा पछिल्लो समय यता ब्ल्याक फंगसले चिन्ता बढाएको छ।
भारत कोरोनाका सक्रिय संक्रमितको संख्याका आधारमा तथा कुल संक्रमितहरुको संख्याको आधारमा विश्वको दोस्रो स्थानमा रहेको छ। यसै बीच भारतमा ब्ल्याक फंगस अर्को चिन्ताको विषय बनेको छ।
एउटा समाचारमा जनाए अनुसार ब्ल्याक फंगसका कारण महाराष्ट्रमा मात्रै ९० जनाले ज्यान गुमाईसकेका छन।
राज्यका स्वास्थ्य मन्त्रीले बताए अनुसार महाराष्ट्रमा यतिबेला ब्ल्याक फंगस नै अर्को मुख्य चिन्ताको विषय बनेको छ। त्यस्तै यसलाई रोक्नको लागि अत्याधिक औषधिको आवश्यकता परेको उनले बताए। त्यसैगरी राजस्थान, हरियाणा, पञ्जाब, उडिशा, तेलंगाना, असम, आदि राज्यले यसअघि नै ब्ल्याक फंगसलाई महामारी घोषित गरिसकेका छन्।
यस्तै गोवामा पनि कोरोना संकटबीच मडगाउँस्थित एक निजी अस्पतालमा ब्ल्याक फंगसका कारण पहिलो मृत्यु भएको छ।

