eNepal

अष्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेज सिरिजको मिति तय

एजेन्सी। विश्वकै बहुचर्चित टेस्ट सिरिज द एसेज सिरजको मिति तय भएको छ ।

५ खेलको यो सिरज यसपटक अस्ट्रेलियाले आयोजना गर्ने भएको छ। यस सिरिजमा टेस्ट क्रिकेटका दुई उत्कृष्ट टोली इङ्ल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गर्ने भएका छन् ।

सिरजको पहिलो खेल डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबोन, दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेड, तेस्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्न हुनेछ ।

त्यस्तै चौथो टेस्ट जनवरी ५ देखि ९ सम्म सिड्नी र त्यसैगरी पाँचौ तथा अन्तिम टेस्ट जनवरी १४ देखि १८ सम्म पर्थमा खेलाइने छ । यो सिरिज दुवै देशले पालै-पालो आयोजना गर्ने गर्छन्।

यो पनि पढ्नुहोस:- माहामरिका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण एकजना अष्ट्रेलियन नागरिकले भारतमा ज्यान गुमाएका छन।

आफ्ना अभिभावकलाई भेट्न भारत गएका निजलाई कोरोना लागेको थियो । सुनील खन्नाको मृत्यु गएको अप्रिल २९ तारिखमा भएको थियो । यससँगै उनी भारतमा मृत्यु हुने तेश्रो अष्ट्रेलियन नागरिक भएका छन् ।

अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने कार्यलाई रोक लगाएपछि यसको चौतर्फी विरोध हुँदै आएको छ । विरोधपछि केही सहज बनाइएपनि नागरिकहरु स्वदेश फर्कन सहज बनेको छैन ।

सुनीलको ८३ वर्षीय आमाको पनि कोरोनाका कारण निधन भएको छ । सबै परिवारलाई अष्ट्रेलिया ल्याउनका लागि उनी भारत गएपनि दुईजना परिवारका सदस्यको मृत्यु भएको ह्यारिस पार्क विजनेस एशोसिएसनका अध्यक्ष सन्जय जैसवालले जानकारी दिएका छन।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal