eNepal

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, जेठ-३। आइतबार रातीदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । मूल्य समायोजन पश्चात काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

त्यसैगरी निगमले एलपी ग्यास र अन्तरराष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

यो पनि पढ्नुहोस:- चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ का ६५ बर्षीय वृद्ध गोपी प्रजाको हत्या गरेको अरोपमा एक महिला पक्राउ परेकि छिन ।

सोहि स्थान घर भएकि ४५ वर्षीया काईली भन्ने सर्किना चेपाङलाइ चितवन प्रहरीले पक्राउ गरेको हो ।

बैशाख ३१ गते ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले गहिरो गरी अनुसन्धान बढाएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा स्थानीय सर्किना चेपाङलाई हिजो नियन्त्रणमा लिई उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रजामाथी धारिलो हतियार प्रहार गरि घाईते अवस्थामा छोडेको बयान दिएको छ ।

त्यस्तै घटनास्थल नजिक मृतक प्रजाले जबरजस्ती गर्न खोजेपछि प्रतिकार स्वरुप आफुले साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरेको उनले स्वीकार गरेको प्रहरीको भनाई छ ।

महिलाको साथबाट धारिलो हतियार (खुर्पा) बरामद गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal