eNepal

प्रिसेसन कारोबार अपडेट: दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, बैशाख-२९। आज बुधबार २९ गते प्रिओपन सेसन कारोबारमा दोहोरो अंकले बढेको छ।

आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४० विन्दुमा पुगेकोछ भने सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४८०.४४ विन्दुमा पुगेको छ ।

त्यसैगरी आज प्रिओपन सेसन कारोबारमा ४२ वटा कम्पनीको १२ हजार एक सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँको कारोबार भएकाे छ । हिजाे (मंगलबार) भने सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ मा पुगेको थियो ।

यो पनि पढ्नुहोस:-
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ ।

वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त संस्थाले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । त्यस्तै अब उप्रान्त संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलमार्फत हुने भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal