eNepal

कहिले होला सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड?

काठमाडौँ, बैशाख-२९। अहिले सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) भर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओ कहिले बाँडफाँड हाेला भन्ने चासाे लागेको छ।

निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कोरोना संक्रमणका कारण डाटा भेरीफाई गर्न ढिलाइ भएकाे हुनाले अर्काे साता मात्र बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १७ लाख ३६ हजार ७ सय जना आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ ।

याे सर्वसाधारका लागि छुट्याइएकाे २३ लाख ४१ हजार ९ सय ५४ कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । यस अन्तिम तथ्यांकलाई हेर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय भन्दा धेरै जना आवेदक भने आईपीओ पाउनबाट वञ्चित हुनेछन्। कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।

जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal