eNepal

भरतपुर अस्पतालमा कोभिड शय्या र स्वास्थ्यकर्मी थप

भरतपुर, बैशाख-२९। कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि भरतपुर अस्पतालले शय्या र स्वास्थ्यकर्मी थप गरेको छ ।

भरतपुर अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ। हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पुयाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो।

हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ ।

त्यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिनुभयो । एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal