eNepal

थप ९ हजार ४ सय बढीमा कोरोना‚ ५२२५ संक्रमणमुक्त

काठमाडौँ, बैशाख-२८। आज २८ गते मंगलबार नेपालमा ९ हजार ४ सय ८३ जना कोरोना संक्रमित थपिएका छ।

२० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण गरी कुल २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २२५ संक्रमितले ज्यान गुमाएका छन। योसंगै नेपालमा कुल ४ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन। कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् भने ४४८ जना संक्रमित क्वारेन्टाइनमा छन् ।

यो पनि पढ्नुहोस:-
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएकाले थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको जनाएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal