eNepal

प्रदेशमा मातातिर्थ औंशी !!

मैले आमाको भिडीयो र फोटोबाट मात्र मुख हेर्न पाएको, यो लगातारको चौथो बर्ष हो । अर्थात फेसबुकको वालमा आमाको फोटो मात्र अपलोड गरेको।

यी बर्षभन्दा पहिला कहिल्यै आमाको मुख हेर्न फेसवुक र भिडीयोको सहायता लिन पर्दैनथ्यो। सधैं बिहान उठेर आमाको मुख-मिठा गरेर, सगैं सेल्फी लिएर मात्र दिन सुरू हुन्थे। र त्यही ताजा सेल्फी नै पोस्टिन्थ्यो जता जता पोस्ट्याउन पर्ने हो, सबैतिर। सोसल मिडियामा एक दिन मात्र अरूलाई देखाउन देखावटी सेलिब्रेसन किन गर्न पर्यो भन्ने आदर्शवादीको ठूलै लाम पनि छ। तर त्यस्ता कुराले छुदैन मलाई, मातातीर्थ औंसीको दिन। उनीहरूलाई के थाहा, मेरी आमाले म संग बोल्नलाई नै फेसबुक चलाउन सिक्नु भयो भनेर। मलाई लाग्छ, जायज कुराहरू जुन सुकै ठाउँ र समयमा पनि स्वीकार्य हुन्छन्।

हिजो मात्र नेपालबाट आमाको फोन आयो र भन्नु भयो ‘बाबु अब त आमाको मुख हेर्ने दिन पनि आयो, तिमी र म अहिले पनि संगै नहुने भयौं’ … म स्तब्ध भएँ। यो कुराले मेरो मन र शरिरमा अर्कै तरंग ल्याईदियो। मातातीर्थ औंसीमा मेरी आमालाई छोराको मुख हेर्न पाईएन भनेर मलाई भन्दा बढी चिन्ता छ।

साच्चिनै आमाको माया न लेखेर सकिन्छ न देखेर सकिन्छ। घर छोडेर परदेश आएको पनि ३ बर्ष नाघि सकेछ। मलाई बारम्बार म आएको दिन, महिना र बर्ष बढि लाग्न थाल्यो। यसरीनै म जस्तै दिन र महिना गन्नेहरूको कमि छैन यहाँ। कसैले धेरै नै गनिसके होलान् त कसैले बल्ल सुरू गर्दै, जति गरेको भएनि आखिर पिडा एउटै छ ।

दूरी टाढा भएपनि मन र भावना सँगै छ, आमा। सपना एउछै छ। छिट्टै भेट हुने आशा सहित…
मातृ देवो भव:

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal