eNepal

साढे १७ लाख बढी भारतीय रुपैयाँसहित एक युवक पक्राउ

बर्दिया, बैशाख-२६। सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १७ लाख बढी भारतीय रुपैयाँसहित बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेका छन। सशस्त्र प्रहरीले राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट उनलाई पक्राउ गरेको हो।

उनको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरले जनाएको छ । फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको सशस्त्रले जानकारी दिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal