काठमाडौँ, बैशाख-२६। आज फेरी नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज आइतबार १८ हजार ७७० जनाको पिसिआर र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ७७७ जनाको पिसिआर पोजेटिभ र ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी आज मात्र ८८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । यस्तै ३३ सय ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

