eNepal

अष्ट्रेलियामा ईन्जिनियरिङ शिक्षा र अवसर बारे साइनीमाईन्ड अस्ट्रेलीयाले अनलाईन छलफल गर्दै

साइनीमाइन्ड अष्ट्रेलियाले आगामी १६ मे आइतबार दिउँसो १ देखी २ बजे सम्म करिव एकघण्टा अष्ट्रेलियामा ईन्जिनियरिङ शिक्षा र अवसर बारे भर्चुअल माध्यमबाट एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा प्यानलिस्टको रुपमा एए कन्सल्टेन्सीमा निर्देशक जोग लिम्बु , सिनीयर इन्जिनियर एवम् यातायात विभाग भिक्टोरीयाका टिम लीडर श्री पंत एवम् रोबस्ट कन्सल्टिङ इन्जिनियर्स प्राइभेट लिमिटेडका निर्देशक सुरेश हाडा रहनु हुनेछ भने सहजकर्ताको भुमीकामा स्विइनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक तथा राष्ट्रिय प्राविधिक प्रबन्धक डा. तिलक पोखरेल रहनु हुनेछ।

कार्यक्रममा नेपालको ईन्जिनियरिंग शिक्षाको तुलनामा अष्ट्रेलियामा ईन्जिनियरिङ शिक्षा बिचको भिन्नता, इन्जिनियरिङ बजारमा नेपाली ईन्जिनियरहरूको लागि अवसरहरू के के छन् लगाएत अष्ट्रेलियामा आफ्नो सपनाको जागिर कसरी पाउने अनि कसरी बजार प्रवेश गर्ने बिषयमा छलफल गरिनेछ।

यो कार्यक्रमलाई न्याभ, एनआरएनए भिक्टोरिया, इनेपाल, मेल्बर्न चौतारी (मेलबोर्नमा एक मात्र नेपाली रेडियो), मेल्बर्न विश्वविद्यालय नेपाली विद्यार्थी समाज (MUNSS), नेपाल विज्ञान फाउण्डेशन ट्रस्ट ओशिनिया (एनएसएफटी-ओशिनिया), भिक्टोरियाका नेपाली ईन्जिनियरहरूको समाज (SNEVic) र क्यान्बेरामा नेपाली इञ्जिनियरहरूले सहकार्य गर्दैछन्।

यस कार्यक्रमको प्रत्यक्ष प्रशारण इनेपाल टिभी एचडीले गर्नेछ। यो कार्यक्रम अष्ट्रेलियामा रहेका सबै ईन्जिनियरहरू, ईन्जिनियरिङ विद्यार्थीहरू, अष्ट्रेलिया आउने योजना बुनेका बिधार्थीहरुको लागि उपयोगी हुनेछ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal